सन्तोष साहको सचिवालय भन्छ– ‘कारोबार बैंकिङ प्रणालीबाटै भएको छ, चरित्रहत्याको प्रयास भयो’
काठमाडौं। चर्चित सेफ सन्तोष साह पक्राउ प्रकरणबारे उनको सचिवालयले आर्थिक कारोबार पारदर्शी रहेको दाबी गरेको छ। सचिवालयका अनुसार गैरीधारास्थित ‘मिथिला थाली’ रेष्टुरेन्ट सञ्चालनका क्रममा आर्जव होल्डिङ्स प्रालिसँग सम्पत्ति खरिद–बिक्री सम्झौताबाट विवाद उत्पन्न भएको हो ।
