पुरातात्विक सम्पदा संरक्षणका कारण सिंहदरबार पुनर्निर्माण सुस्त : उपमहानिर्देशक अधिकारी
काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारीले सिंहदरबारभित्रको ऐतिहासिक तथा पुरातात्विक महत्वको भवनको पुनःस्थापना तथा प्रबलीकरण (रेट्रोफिटिङ) कार्य नयाँ भवन निर्माणभन्दा निकै जटिल र संवेदनशील भएको बताएका छन्।
