पोखरा युनाइटेडलाई यू-१९ राष्ट्रिय छात्र भलिबलको उपाधि
सुमन अधिकारी, बुटवल कास्कीको पोखरा युनाइटेडले बुटवलमा सम्पन्न मदन भण्डारी कप यू–१९ विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा काठमाडौंको न्यूटन कलेजलाई ३-१ सेटले पराजित गर्दै पोखरा युनाइटेड च्याम्पियन बनेको हो।फाइनल खेलमा पोखरा युनाइटेडले पहिलो सेट २५-२१ र दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्दै बलियो अग्रता बनाएको थियो।
