सडक सुरक्षा र यातायात व्यवस्थापनप्रति सरकार गम्भीर नभएको गजुरेलको आरोप
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षा र यातायात व्यवस्थापनप्रति सरकार तथा सम्बन्धित मन्त्रालय गम्भीर नभएको आरोप लगाएका छन्। मंगलबार बसेको समितिको बैठकमा बोल्दै उनले सडक दुर्घटनाका कारण हुने मृत्युका घटनाले संसद्को आकस्मिक बैठकमा समेत प्राथमिकता पाइरहेको अवस्थामा सरकारले अपेक्षित चासो नदिएको बताएका हुन्।
