पासपोर्ट खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्यालसहित व्यवसायी सिद्धार्थ थापा नियन्त्रणमा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पासपोर्ट खरिद प्रकरणमा नियन्त्रणमा लिएको छ। अख्तियार स्रोतका अनुसार अर्यालसँगै प्रिन्टिङ कम्पनी भेरिडियसका सञ्चालक सिद्धार्थ थापा र विभागका सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। मंगलबार अख्तियारको नियन्त्रणमा परेका अर्यालसँग सोधपुछ भैरहेको छ ।
