‘होल्डिङ सेन्टर कारागारजस्तै’ भन्दै विस्थापित सुकुम्वासी आन्दोलनमा
बाँके । बाँकेको कोहलपुरमा घरटहरा भत्काइएपछि विस्थापित भएका भूमिहीन दलित तथा अव्यवस्थित बस्तीका परिवारहरू पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। प्रभावित परिवारहरूले संघर्ष समिति गठन गरी प्रदर्शन गरेका हुन्। उनीहरूले वैकल्पिक बसोबास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
