राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन
तुलसीपुर दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी मूत्ररोग सेवा सोमबारदेखि सुरु भएपछि सेवा लिन आउने सेवाग्राही खुसी भएका छन् । प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा. सुरेश रसाइलीका अनुसार यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई बाहिरका सहर जानुपर्ने बाध्यता थियो ।
