पाँचपोखरी t-20 क्रिकेट : उपाधि पाँचपोखरी क्रिकेट क्लबलाई
काठमाडौँ । आठौँ संस्करणको सिन्धुपाल्चोक जिल्ला स्तरीय पाँचपोखरी टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी क्रिकेट क्लबले हात पारेको छ। मङ्गलबार तल्लो मूलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा हेलम्बु गाउँपालिकालाई पाँच विकेटले हराउँदै पाँचपोखरी क्रिकेट क्लबले प्रतियोगिताको उपाधि जितेको हो। हेलम्बु गाउँपालिकाले दिएको १२२ रनको लक्ष्य पाँचपोखरी क्रिकेट क्लबले १९ दशमल एक ओभरमा पाँच विकेट गुमाएर भेटायो।
