बेइजिङमा खनाल–वाङ भेटः ‘एक चीन’ नीतिमा नेपाल दृढ, नेपालको विकास र समृद्धिमा चीन भरपर्दो साझेदार बन्ने वाङको आस्वासन
काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । उनले सोमबार चीनको राजधानी बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका छन् । चीनले आफ्नो छिमेकी कूटनीतिमा नेपालसँगको सम्बन्धलाई सधैं महत्त्वपूर्ण स्थानमा राखेको बताउँदै सबै नेपाली जनताप्रति मैत्रीपूर्ण नीति अपनाएको जानकारी दिए ।
