सुनको मूल्य बढ्दा चाँदी घट्यो
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ वृद्धि भएको छ। सोमबार तोलामा पाँच हजार रूपैयाँ बढेको सुनको भाउ मंगलबार तोलाको तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँ निर्धारण भएको छ।
