एसइई दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता–सिजन ८’ हुँदै
काठमाडौं । एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरूमा सूचना प्रविधिको व्यावहारिक ज्ञान र सिर्जनशीलता विकास गर्ने उद्देश्यका साथ लाइफ कम्प्युटरले ‘वेबसाइट निर्माण प्रतियोगिता (सिजन)’ को आयोजना गरेको छ। आउँदो असार ६ गते काठमाडौंको होटल हार्दिकमा एक विशेष समारोहका बीच प्रतियोगिताको फाइनल कार्यक्रम हुने आयोजकले जनाएको छ।
