खाँदबारी कारागारमा दुई कैदी हत्या प्रकरणः प्रहरी र कैदीबन्दीले कुटेर मारेको खुलासा, १५ जनालाई जन्मकैदसहित क्षतिपूर्ति भराउने फैसला
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ। जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो ।
