नेपाल माइक्रो इन्स्योरेन्सको बिजनेस रिभ्यू तथा मार्केटिङ स्ट्राटेजी वर्कशप सम्पन्न
काठमाडौं ।लघु बीमा क्षेत्रमा अग्रपंक्तिमा रहँदै आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ‘बिजनेस रिभ्यू तथा मार्केटिङ स्ट्राटेजी वर्कशप २०२५’ सम्पन्न गरेको छ। कम्पनीको वर्तमान व्यवसायको समिक्षा गर्दै आगामी वर्षका लागि रणनीतिक योजना तय गर्न आयोजित यो कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न भएको कम्पनीले जनाएको छ।
