SHARE
बासुरी खबर · शुक्रबार​ २३ साउन २०८२ ०८:०६ AM · 1 मिनेट पढाइ

लामा बिरुद्ध अविश्वासको प्रस्तावमा मेरो भुमिका विधानअनुसार मात्र : मन्त्री तामाङ

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ ‘समीर’ले पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा आफ्नो भूमिका पूर्ण रूपमा पार्टीको विधानअनुसार भएको स्पष्ट पारेका छन्। नेविसंघ सिन्धुपाल्चोकले शुक्रबार राजधानीमा आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै उनले आफूलाई पूर्वमुख्यमन्त्री लामाले ‘घात गरेको’ भन्दै आरोप लगाएको विषयमा प्रतिक्रिया जनाए ।