पाँचपोखरी T-20 क्रिकेटको विशेष कथा : जहाँ तीन बुवा र तीन छोराको प्रेरणादायी यात्रा
सिन्धुपाल्चोक । जिल्लास्तरीय पाँचपोखरी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आठौँ संस्करण अहिले तल्लो मूलपानी क्रिकेट मैदानमा चलिरहेको छ। यस प्रतियोगिता केवल चौका–छक्का, विकेट र जित–हारको प्रतिस्पर्धामा सीमित छैन। यहाँ मैदानभित्र एउटा यस्तो दृश्य देखिएको छ, जसले क्रिकेटलाई खेलभन्दा माथि उठाएर पुस्ता जोड्ने भावनात्मक सम्बन्धको प्रतीक बनाइदिएको छ।
