पाँचपोखरी टि-ट्वान्टी क्रिकेट : उपाधिका लागि हेलम्बु र पाँचपोखरी क्रिकेट क्लब भिड्ने
काठमाडौँ । आठौँ संस्करणको जिल्लास्तरीय पाँचपोखरी टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ। सोमबार तल्लो मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा पाँचपोखरीले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई र हेलम्बुले मेलम्ची नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
