बागमतीमा भौतिक पूर्वाधारलाई २५ अर्ब ६० करोड विनियोजन, अतिविपन्नलाई घर र मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिने
काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरिएको जानकारी दिए ।
