SHARE
अर्थ संवाद · शुक्रबार​ २६ बैशाख २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले बढेको हो बुधबार तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको सुन आज एक लाख ९२  हजार २ सय कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।