चलचित्र जनै हराएको मान्छेकी बाल कलाकार सृष्टिको बिद्यालय पुग्यो टिम
काठमाडौं । आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र जनै हराएको मान्छेः सम्बन्धका धागाहरुकी बाल कलाकार सृष्टि खड्गी अध्ययनरत कपनस्थित बिद्यालय लभ्ली एन्जल्समा चलचित्र युनिट पुगेको छ । चलचित्रका केहि कलाकार र प्राविधिक टिम पुगेर अन्य बिद्यार्थीसँगै शिक्षक, शिक्षिकाहरुलाई चलचित्रबारे जानकारी गराएका थिए ।
