SHARE
ओएसनेपाल · बिहीबार २२ साउन २०८२ ०३:३६ PM · 1 मिनेट पढाइ

निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको असहमति

काठमाडौँ, २२ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा असहमति जनाएको छ । एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको बताउनुभयो ।