SHARE
ओएसनेपाल · बिहीबार २२ साउन २०८२ ०३:४८ PM · 1 मिनेट पढाइ

उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता,खोजी गरिदिन परराष्ट्र मन्त्रालयसँग अनुरोध

काँक्रेविहार (सुर्खेत)-भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिनुभएको हो ।