देशव्यापी विरोधपछि टेम्पो प्रकरण छानबिन गर्न समिति गठन
कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज बिष्टको संयोजकत्वमा समिति गठन गरेको हो।
