परराष्ट्रमन्त्रीलाई अर्यालको प्रश्न– राष्ट्रवाद कहाँ हरायो ?
काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहित र राष्ट्रवादलाई बेवास्ता गरिएको आरोप लगाएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र दुई देशबीच रहेका असमझदारी हटाउने अपेक्षाका साथ आफूहरूले भ्रमणलाई हेरे पनि अपेक्षित परिणाम नआएको बताइन्।
