टेम्पो भीरबाट खसाल्ने घटनाको निष्पक्ष छानबिन गर्न साम्पाङको माग
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोले आफूहरू मर्माहत भएको बताउँदै घटनाको निष्पक्ष छानबिन गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए।
