डियालोको गोलमा आइभरी कोस्टको विजयी सुरुआत
एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा आइभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। फिलाडेल्फियामा भएको खेलको निर्णय ९०औं मिनेटमा भएको गोलले गर्यो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमाद डियालोले विल्फ्रिड सिङ्गोको दौडपछि आएको बललाई उत्कृष्ट फिनिसिङ गर्दै आइभरी कोस्टलाई महत्वपूर्ण जित दिलाए।
