पहिलो ओलम्पियन टोलीका सदस्य गुरुङको निधन
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका लागि पहिलो पटक ओलम्पिक खेल्ने टोलीका सदस्य बक्सर रामप्रसाद गुरुङको निधन भएको छ। लामो समयदेखि दमबाट पीडित चितवनका ८२ वर्षीय गुरुङको उपचारका क्रममा मेडिसिटी अस्पतालमा शनिबार मृत्यु भएको हो। जापानमा सन् १९६४ मा आयोजना भएको टोकियो ओलम्पिकमा गुरुङसहित ६ खेलाडीले भाग लिएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
