संविधान संशोधनका लागि एमालेले बढायो सक्रियता, कार्यदलको पहिलो बैठकमै बन्यो उपसमिति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) द्वारा गठित संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ। नेकपा एमाले केन्द्रीय सचिवालयको गत जेठ ४, ८, ९ र १० गते बसेको बैठकले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको थियो।
