सुनको मूल्य एक हजार दुई सय रुपैयाँले उकालो लाग्दा चाँदी पनि महँगियो
काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ। शुक्रबार तोलामा ५३ सय रुपैयाँले महँगिएको सुनको मूल्य आज पुनः १२ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार एक तोला सुन दुई लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो।
