SHARE
लोक पथ · आइबार​ ३१ जेठ २०८३ ०२:१८ AM · 1 मिनेट पढाइ

पाकिस्तानको दाबी- अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न ‘२४ घण्टाभित्र’ सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले शनिबार जनाएको छ । यस क्षेत्र र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको महिनौं लामो युद्धमा स्ट्रेट अफ हर्मुजमा नयाँ झडपका बाबजुद द्वन्द्वरत पक्ष र मध्यस्थकर्ताहरूले लामो समयदेखि प्रतिक्षा गरिएको सम्झौता अन्तिम चरणमा रहेको दाबी गरेका हुन् ।