फिफा विश्वकप : ब्राजिलविरुद्ध मोरक्कोको उत्कृष्ट प्रदर्शन, खेल बराबरीमा टुंगियो
काठमाडौं । ब्राजिल र मोरक्कोबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ । समूह चरणअन्तर्गत आइतबार भएको खेलमा मोरक्कोले सुरुआती अग्रता लिए पनि ब्राजिलले त्यसको जवाफ फर्काउँदै अंक बाँड्न सफल भएको हो । खेलको २०औँ मिनेटमा मोरक्कोका खेलाडी इस्माइल सैबारीले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।
