मोरक्को र ब्राजिलको बराबरी
एजेन्सी – पाँच पटकको विश्वविजेता ब्राजिललाई भिनिसियस जुनियरको सानदार व्यक्तिगत प्रयासले हारबाट जोगाएको छ। समूह चरणको पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेपछि ब्राजिलले सन् १९३४ यता कायम रहेको विश्वकपको पहिलो खेलमा अपराजित रहने कीर्तिमानलाई निरन्तरता दिएको छ। न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको खेलमा अफ्रिकी च्याम्पियन मोरक्कोले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै ब्राजिललाई दबाबमा राख्यो।
