वेस्ट इन्डिजसँग साविक विजेता न्युजिल्यान्ड स्तब्ध
एजेन्सी – आइसिसी महिला टि ट्वान्टी विश्वकप २०२६ अन्तर्गत समूह–२ को खेलमा वेस्ट इन्डिजले साविक विजेता न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सनसनीपूर्ण सुरुआत गरेको छ। साउथह्याम्पटनस्थित ह्याम्पशायर बाउलमा शनिबार राति भएको रोमाञ्चक खेलमा न्युजिल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य वेस्ट इन्डिजले एक बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्यो।
