विश्वकपमा कतारको पहिलो अंक
एजेन्सी – कतारले इन्जुरी समयमा गोल गर्दै स्विट्जरल्यान्डसँग १-१ को बराबरी खेलेपछि विश्वकपको इतिहासमा पहिलो पटक अंक बटुल्न सफल भएको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार सम्पन्न खेलमा स्विट्जरल्यान्ड जितको नजिक पुगेको थियो। तर इन्जुरी समयको चौथो मिनेटमा बुआलेम खौखीले होमाम एल अमिनको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै कतारलाई बराबरी दिलाए।
