बौद्धमा युवकमाथि खुकुरी प्रहार गर्ने २ जना पक्राउ
काठमाडौं । काठमाडौंको बौद्धमा युवकमाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटाको भेडेटार घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ बस्दै आइरहेका २० वर्षीय आशिष राई र मोरङको उर्लाबारी नगरपालिका–१ घर हाल गोकर्णेश्वर–५ जोरपाटी बस्ने १८ वर्षीय संस्कार मगर रहेका छन् ।
