चालु आर्थिक वर्षको अन्त्यसम्म सार्वजनिक ऋण २९ खर्ब बढी हुने प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्षको अन्त्यसम्ममा मुलुकको सार्वजनिक ऋण २९ खर्ब ४२ अर्ब पुग्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार आर्थिक वर्ष २०८२–८३ को असार मसान्तसम्ममा कुल सार्वजनिक ऋणमा आन्तरिक ऋण र वैदेशिक ऋणको हिस्सा क्रमशः ४६ दशमलव ८५ प्रतिशत र ५३ दशमलव १५ प्रतिशत पुग्नेछ ।
