SHARE
लोक पथ · बिहीबार २२ साउन २०८२ ०९:३० AM · 1 मिनेट पढाइ

युनुसद्वारा बंगलादेशमा राष्ट्रिय चुनावको घोषणा

काठमाडौं । बंगलादेशी अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले फेब्रुअरी २०२६ मा बंगलादेशको राष्ट्रिय चुनाव घोषणा गरेका छन् । आगामी फेब्रुअरी २०२६ मा आम चुनाव आयोजना गर्न निर्वाचन आयोगलाई पत्र पठाएका हुन् । जुलाई विद्रोहको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधनमा युनुसले उक्त घोषणा गरे ।