SHARE
लोक पथ · बिहीबार २२ साउन २०८२ ०९:४६ AM · 1 मिनेट पढाइ

फिफा वरीयतामा नेपालको महिला टोलीको छलाङ, १३ स्थान माथि उक्लियो

काठमाडौं । फिफा वरीयतामा नेपालको महिला टोलीले छलाङ मारेको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७ औँ स्थानमा छ । यसअघि १ सय स्थानमा रहेको थियो ।  नेपालको महिला टोली कुल १२४८.८९ अंक प्राप्त गर्दै १३ स्थान माथि उक्लेको हो ।