अविरल वर्षाले प्राकृतिक विपदको जोखिम, आवातजावतमा सावधानी अपनाउन प्रशासनको आग्रह
काठमाडौं । लगातार वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले जानकारी दिँदै मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई आग्रह गरेको हो ।
