एमालेले रोकेपनि अघि बढिन् विद्या, सम्पर्क कार्यालयका लागि घर भाडामा
काठमाडौं । नेकपा एमालेको सदस्यता नवीकरण गरेर राजनीतिमा सक्रिय बनेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता थप बढाएकी छन् । त्यसो त आफूले सदस्यता नवीकरण गरेको भण्डारीले दाबी गरे पनि एमालेले भने भडारीको सदस्यता पेण्डिङमा रहेको बताएको थियो । साथै भण्डारीलाई पूर्वराष्ट्रपतिकै हैसियतमा बस्न समेत चेतावनी दिएपछि भण्डारीले थप सक्रियता देखाएकी हुन् ।
