SHARE
लोक पथ · बिहीबार २२ साउन २०८२ ११:३४ AM · 1 मिनेट पढाइ

रूपन्देहीमा माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

काठमाडौं । रूपन्देहीको रोहिणी गाउँपालिका–१ दुबौलियामा माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ। स्थानीय ५५ वर्षीय राम अधारे यादव बुधबार बिहान डुबेको अवस्थामा फेला परेका थिए ।डुबेर अशक्त बनेका उनलाई तत्कालै उद्धार गरी भिम अस्पताल, भैरहवा लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।