वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोनसहित यस्तो बन्यो इप्पानको नयाँ कार्यसमिति
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा मोहनकुमार डाँगी चयन भएका छन्। संस्थाको विधानअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका डाँगी स्वतः अध्यक्ष बनेका हुन्। वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोननिर्विरोध निर्वाचित भएका छन्।
