SHARE
लोक पथ · बिहीबार २२ साउन २०८२ ११:४५ AM · 1 मिनेट पढाइ

पशुपति क्षेत्र विकास कोषबारे संसदीय समितिको चासो

काठमाडौं । संसदीय समितिले पशुपति क्षेत्र विकास कोषको जग्गाबारे चासो दिएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोष र पशुपति मन्दिर क्षेत्रको स्थलगत अवलोकन गरेको हो । सो क्रममा संसदीय समितिले क्षेत्र विकासको कोषको अभिलेखहरु पनि निरीक्षण गरेको छ ।