SHARE
लोक पथ · बिहीबार २२ साउन २०८२ १२:३७ PM · 1 मिनेट पढाइ

भदौको दोस्रो साताबाट पुनः आन्दोलनमा जाने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघ पुनः आन्दोलनमा होमिने भएको छ । भदौको दोस्रो साताको प्रारम्भबाटै आफूहरु विभिन्न मागसहित सडक आन्दोलनमा जान लागेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । बिहीबार सो विषयमा छलफलका लागि बैठक बसेको थियो । उक्त बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले आफूहरु पुनः आन्दोलनमा जान लागेको जानकारी गराए ।