‘समावेशी विकासका लागि निजी क्षेत्रको साझेदारी अपरिहार्य’
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीहरूबीच देशको दिगो र समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीलाई संस्थागत एवं विस्तार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। राजधानीमा नेपाल उद्योग परिसंघ र हेल्भेटास नेपालद्वारा संयुक्त रूपमा आयोजित ‘समावेशी विकासका लागि निजी क्षेत्रको संलग्नता’ विषयक क्षेत्रीय सम्मेलनले यस्तो निष्कर्ष निकालेको हो।
