आइएमईको २६ औँ वार्षिकोत्सव पारेर नयाँ लोगो सार्वजनिक
काठमाडौं । नेपाली रेमिटेन्स सेवाको अग्रणी र पर्यायवाची संस्था ‘आइएमई लिमिटेड’ ले आफ्नो स्थापनाको २६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहका बीच कम्पनीले आफ्नो २६ वर्षको गौरवमय यात्रा पूरा गरेको अवसरमा नयाँ लोगो समेत सार्वजनिक गरेको छ। नयाँ लोगोले आइएमईका विस्तारित वित्तीय सेवाहरूलाई प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ।
