पूर्वाधार विकास मन्त्रालयको विशेष निर्देशनको महासंघद्वारा घोर भत्सर्ना, महासंघ सशक्त आन्दोलनमा
जेठ २९, काठमाडौं । मूल्य समायोजनबाट बञ्चित निर्माण व्यवसायीहरू इतिहासमै आर्थिक रुपले सबैभन्दा बढी धराशायी भएको स्थितिमा व्यवसायीहरूको मनोबल गिर्ने गरी पूर्वाधार विकास मन्त्रालयबाट जारी विशेष निर्देशनको नेपाल निर्माण व्यवसायी महासंघले घोर भत्सर्ना गरेको छ ।
