SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०१:१० PM · 1 मिनेट पढाइ

इमानदारी र समर्पण भए असम्भव केही छैन: अध्यक्ष ढकाल

काठमाडौँ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्ण समर्पण र इमानदारीका साथ काम गरेमा कुनैपनि कुरा असम्भव नरहेको बताएका छन् । आईएमई ग्रुपको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ढकालले आईएमईको सुरुवाती दिनहरू स्मरण गर्दै आफूहरूले शून्यबाट यात्रा प्रारम्भ गरेको उल्लेख गरे ।