SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ११:२० AM · 1 मिनेट पढाइ

अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले अभौतिक संस्कृति सम्पदा (संरक्षण) विधेयक २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् ।