पुराना प्रमाणहरू खोज्ने र बेरुजु घटाउने कार्य प्राथमिकतामा- प्रधानसेनापति सिग्देल
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । संसदको सार्वजनिक लेखा समितिमा बोल्दै सिग्देलले बेरुजु घटाउन योजनाबद्ध रूपमा प्रमाण खोजिरहेको र आगामी दिनमा प्रगति राम्रो देखिने बताएका हुन् । उनले अहिले भने खासै धेरै फस्यौँट हुन नसकेको बताए ।
