SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०८:२६ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रीलाई आर्यन राईको प्रश्न- आफ्नै राजश्वबाट मुलुक चलाउने योजना के छ ?

काठमाडौँ । विपक्ष श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले आफ्नै राजश्वबाट मुलुक चलाउने योजना के छ ? भनी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रश्न गरेका छन् । देश ऋण लिएर ऋण तिर्ने संकटमा रहेको उल्लेख गर्दै उनले आफ्नै राजश्वबाट देश चलाउने उपायको खोजी गर्न सरकारलाई गम्भीर हुन आग्रह समेत गरे ।